माओवादी केन्द्रसंग चुनावी तालमेल नगर्ने कांग्रेस सभापति खड्काको घोषणा
संखुवासभा।नेपाली कांग्रेस संखुवासभा सभापति दिपक खड्काले माओवादी केन्द्रसंग चुनावी तालमेल नगर्ने घोषणा गरेका छन् ।

संखुवासभामा गठबन्धनका विषयमा बसेको पाँच दलको बैठक बिना निष्कर्ष टुंगिएपछि सभापति खड्काले सो घोषणा गरेका हुन्।
माओवादीले केन्द्रले स्थानीय तह निर्वाचनमा बढी दाबी गरेपछि गठबन्धन गर्ने सम्भावना सकिएको खड्काको भनाई थियो ।उनले अन्य पार्टीसँग भने छलफल जारी रहेको जानकारी दिए।
उनले भने, ‘माओवादी केन्द्रले कांग्रेसले जितेको पालिकामा पनि दाबी गर्यो खड्काले भने,-‘माओवादी केन्द्रको मतभार भन्दै धेरैमा दाबी गरेपछि हामी गठबन्धन नै नगर्ने निष्कर्षमा पुगेका छौं। अब माओवादी बाहेका दलसँग मात्रै छलफल हुन्छ।’

