कांग्रेस नेतासमेत रहेका वरिष्ठ उद्यमी कार्की प्रधानमन्त्री देउवासंगै भारत भ्रमणमा (को-को छन् अरु ?)



काठमाडौं।नेपाली कांग्रेसका नेतासमेत रहेका वरिष्ठ उद्यमी प्रकाससिं कार्की भारत भ्रमणमा निस्किएका छन् ।

५० सदस्यीय टोलिको नेतृत्व गर्दै भारत भ्रमणमा निस्केका प्रधानमन्त्री शेरबहादुर देउवासंगै निजि क्षेत्रको प्रतिनिधित्व गर्दै कार्की शुक्रबार भारत प्रस्थान गरेका हुन्।कार्की नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य समेत हुन् ।उनी पारवहन ब्यापारको क्षेत्रका अनुभवी र बिज्ञ मानिन्छन्।

प्रधानमन्त्री देउवाको टोलिमा भारत भ्रमण जानेमा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट कार्कीसहित अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र पूर्वअध्यक्ष पशुपति मुरारकालगायत रहेका छन् ।

महासंघका उपाध्यक्षहरु अञ्जन श्रेष्ठ र रामचन्द्र संघई पनि भ्रमण टोलीमा रहेका छन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरु हेमराज ढकाल, भरत आचार्य, आनन्द बगरिया, अम्बिका प्रसाद पौडेल, विजयसिंह वैद्य र चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर मिया लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्