सोलुदुधकुण्ड : हेवाखोलामाथि निर्माण गरिएको आरसीसी पुल उद्घाटन

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुस्थित हेवा खोलामाथि निर्माण गरिएको आरसीसी पुल उद्घाटन गरिएको छ ।

२०७८ मंसिर २९ देखि निर्माण शुरु भएको सो पुलको शुक्रबार मेयर नाम्गेल जाङबु शेर्पा, उपमेयर कल्पना राई, वडाअध्यक्ष छोङबा लामाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो पुल नगरपालिकाको ३५ लाख (कन्टेन्जेन्सीसहित) र जनश्रमदान ३ लाख ३६ हजारको लागतमा उपभोक्ता समितिमार्फत निर्माण सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ।

