थुलुङदुधकोशी : जिल्ला प्रशासनद्वारा देउसाका ३३ बिपन्न परिवारलाई राहत बितरण




सोलुखुम्बु। जिल्लाकाे थुलुङ दुधकाेशि गाउँपालिका अति बिपन्न तथा आर्थिक अवस्था कमजोर भएका ३३ घर परिवारलाई एक बोरा चामल तथा एक थान सिरक जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले बितरण गरेको छ ।

चिसो अत्याधिक बढेको र आर्थिक अबस्था कमजोर भएका परिवारलाई दैनिकी सहजताका लागि राहत बितरण गरिएको प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले बताए । प्रजिअ शाहीका अनुसार बिपत व्यवस्थापन समिति अन्तरगत राहत उपलब्ध गराइएको हो ।
राहत बितरण कार्यक्रममा प्रजिअ शाहीसहित प्रहरी नायव उपरीक्षक कबित कट्वाल, शसस्त्र प्रहरी प्रमुख दिनेश शर्मा अरिदमन गुल्म सल्लेरीका सेनानी सुमनजंग केसी बडाका नंबर ७का बडाध्यक्ष रामसंघर्ष राई संचारकर्मी लगायत स्थानीयकाे उपस्थिति रहेको थियो ।

जिल्ला प्रशासन कार्यालय साेलुखुम्बुले हाल सम्म १ सय २७ परिवारलाई राहत वितरण गरेकाे प्रजिअ शाहिले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्