खोप अभियानका लागि माघ १५ गतेदेखि ५ दिनका लागि विद्यालय खोल्ने सरकारको निर्णय



काठमाडौं।विद्यार्थीहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सरकारले माघ १५ गतेदेखि पाँच दिन विद्यालय खोल्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीहरूलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

उनका अनुसार पालिका र स्वास्थ्य सस्थासँग समन्वय गरेर खोप लगाउँनु पर्ने छ । खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्