सोलुखुम्बु : लोकप्रिय कांग्रेस नेताका रुपमा कार्की स्थापित



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको सम्पन्न १४ औं अधिबेशनले नेपाली कांग्रेस उद्योग-ब्यापार बिभागका केन्द्रीय सदस्य प्रकाशसिंह कार्कीलाई सोलुखुम्बुको लोकप्रिय नेताका रूपमा स्थापित गरेको छ।

अधिबेशनका क्रममा शुक्रवार भएको निर्बाचनमा महाधिवेशन प्रतिनिधिको खुलातर्फ सर्बाधिक बढी मत ल्याएर कार्कीले सोलुखुम्बु जिल्लाको कांग्रेस राजनीतिमा आफूलाई लोकप्रिय रहेको प्रमाणित गरेका हुन।

निर्बाचनमा खसेको मत ८ सय ८२ मध्ये नेता कार्कीले ५ सय ५२ मत प्राप्त गरेको निर्बाचन समितिले जनाएको छ। महाधिवेशन प्रतिनिधिमा बिजयी अर्का नेता आङछिरिङ शेर्पाले खुलातर्फ दोश्रो ५ सय ३० र पूर्ब पार्टी सभापति आङगेलु शेर्पाले तेस्रो ४ सय ४६ मत ल्याएका छन् ।

कार्की सोलु कांग्रेसको राजनीतिका तेस्रो ध्रुब हुन।केन्द्रीय सदस्य बलबहादुर केसी र पूर्ब पार्टी सभापति आङगेलु शेर्पाले चलाएको गुटगत राजनीतिले जिल्लामा कांग्रेस कमजोर बन्दै गएको भन्दै कार्कीले यसको अन्त्य हुनुपर्ने अभियान नै चलाएका थिए।उनको यो अभियानमा दोश्रो लोकप्रिय मत ल्याउने शेर्पाको पनि साथ थियो।उनीहरूले प्राप्त गरेको यो मतले कार्यकर्ताहरु जिल्लामा बैकल्पिक नेतृत्वको खोजीमा रहेको प्रमाणित भएको विश्लेषण गरिएको छ।

निर्बाचनमा महाधिवेशन प्रतिनिधि खुलातर्फ बिजयी भोजराज कार्कीले ४ सय २१, कुशराज राइले ४ सय१३, खिलराज बस्नेत ४ सय १७, मनोज खड्काले ३ सय ८८,
नविन थापा ३ सय ७०, मंगलसिं तामाङ ३ सय ५६ र नातिकाजी गुरुङले ३ सय ५५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्