राष्ट्रिय जनमोर्चाले भन्यो- ‘तत्कालका लागि प्रधानन्यायाधीश राणाको राजीनामा स्वीकार्य छैन’



काठमाडौं।नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकसुत्रीय माग गर्दै आन्दोलन गरिरहेका बेला सत्ता गठबन्धनको एउटा दल राष्ट्रिय जनमोर्चा प्रधानन्यायाधीशको राजीनामा विपक्षमा उंभिएका छन्।

बुटवलमा सम्पन्न केन्द्रीय समिति बैठकबारे जानकारी दिन जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “।।।देशको राजनीतिलाई प्रतिगमन तर्फ जान नदिन प्रधानन्यायाधीशको राजीनामाको विषयलाई तत्कालका लागि हाम्रो दलले स्वीकार नगर्ने निष्कर्ष निकालेको छ।”

न्यायीक ढंगबाट प्रधानन्यायाधीशका विरुद्ध उठेको आवाजलाई भने आफूहरूले समर्थन गरेको केसीले उल्लेख गरेका छन्।

जानमोर्चा सहितको पाँच दलीय गठबन्धनलाई टुटाउन देशी विदेशी शक्तिहरुबाट प्रयास भैरहेको केसीले जिकिर गरेका छन्।

सरकारलाई निर्देशन दिन गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले भने सर्वोच्चको समस्या चाँडो समाधान हुनुपर्ने उल्लेख थियो।

३० कात्तिकमा बसेको समितिको बैठकपछि जारी विज्ञप्तीमा न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छता कायम रहने गरी यथाशीघ्र निकास निकाल्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया दिनुहोस्