सोलु कांग्रेसको सभापतिमा भिड्दै नगरप्रमुख शेर्पा
सोलुखुम्बु ।नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला कार्यसमितिको सभापतिका लागि पूर्ब सभापति आङगेलु शेर्पा समूहबाट नाम्गेलजाङ्बु शेर्पा उम्मेदवार बन्ने भएका छन् ।

शेर्पा समूहको आज बिहान सम्पन्न बैठकले गत स्थानीय तह निर्बाचनमा जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको नगर प्रमुखमा निर्बाचित शेर्पालाई जिल्ला कार्य समिति सभापतिमा उम्मेदवार बनाउने निर्णय गरेको हो।शेर्पा समूहले पदाधिकारीसहित महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको प्यानल नै जिल्ला अधिबेशनमा उठाउने निर्णय गरेको छ।नेपाली कांग्रेस सोलुखुम्बुको जिल्ला अधिबेशन आज हुंदैछ।अधिबेशनमा पूर्बमन्त्री बलबहादुर केसी समूहले पनि सभापतिसहित अन्य पदहरुमा प्यानलै उम्मेदवारी दिने तयारी गरेपनि यो समाचार तयार पार्दासम्म सभापति पदको उम्मेदवार चयन गर्न सकेको छैन।
सोलुखुम्बु जिल्लाको प्रदेश अधिबेशन हिंजो मात्रै सम्पन्न भएको थियो।अधिबेशनले प्रदेश क मा केसी समूहका धनजन राई र ख मा शेर्पा समूहका कर्मा शेर्पाको प्यानलै बिजयी भएको थियो
प्रदेश क मा राईले शेर्पा समूहका रोशनबाबु थुलुङलाई ९३ मत अन्तरले पराजित गरेका थिए भने प्रदेश ख मा केसी समूहका प्रेम थापा मगरलाई कर्माले ११५ मत अन्तरले पराजित गरेका थिए।यो मत अन्तर हेर्दा नाम्गेल जांङ्बु सोलु कांग्रेसका बलिया उम्मेदवार हुन।नगरपालिका प्रमुखका रूपमा शेर्पाले अगाडी बढाएका बिकास निर्माणका कामले पनि उनी निकै लोकप्रिय छन्।यसकारण पनि केसी पक्षले उठाउने सभापतिका उम्मेदवारसंग सभापति पदमा प्रतिस्पर्धा गर्न शेर्पालाई सहज रहेको विश्लेषण गरिएको छ।
शेर्पाको प्यानलबाट उपसभापतिमा सूर्य कुलुङ र गणेश बस्नेत तथा सचिबमा राजु पाख्रीन र सबिता राई छन् ।

