नेकपा माओवादी केन्द्र उपत्यका बिशेष प्रदेश कमिटीमा लोकेन्द्र आरसी



सोलुखुम्बु ।सोलुखुम्बु नेचासल्यानका लोकेन्द्र आर.सी. नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको सदस्यमा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्रको हालै सम्पन्न स्थायी समिति बैठकले आरसीलाई पेशागत संगठनको तर्फबाट आर.सी.लाई उपत्यका विशेष प्रदेश कमिटी सदस्यमा चयन गर्ने निर्णय गरेको हो। लामो समयदेखि कर्मचारी पेशागत संगठन मार्फत माओवादी आन्दोलनमा कृयाशिल आर.सी. नेपाल राष्ट्रिय कर्मचारी संगठन विश्वविद्यालय राष्ट्रिय समितिका महासचिव
समेत हुन।कुसुम प्रतिष्ठानको अध्यक्षसमेत रहेका उनले यसअघि २०५६ सालमा अखिल क्रान्तिकारी सोलुखुम्बुको संस्थापक जिल्ला सचिब, सहिद प्रतिष्ठान नेपालको संस्थागत जिल्ला अध्यक्ष , ३ कार्यकाल जिल्ला पार्टीको सदस्य र विभिन्न विभागीय जिम्मेवारी सम्हालिसकेका छन् ।

सोलुखुम्बुमा माओवादी जनयुद्वका संस्थापक एवं बहुचर्चित नेता शहिद कुसुम क्षेत्रीका भाई समेत रहेका आर.सी. सोलुखुम्बु , ओखलढुंगा र खोटाङको माओवादी संगठनमा राम्रो पकड र प्रभाव पार्न सक्ने नेताका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्