नेचासल्यान : वडा तथा टोल भेलालाई तीब्रता दिंदै नेकपा माओवादी केन्द्र

सोलुखुम्बु ।नेकपा माओवादी केन्द्रले नेचासल्यान गाउँपालिकाका विभिन्न वडा र टोलमा पार्टीको भेलालाई तीब्रता दिएको छ।

शनिबार मात्रै गाउँपालिकाको वडा नं १ र २ को संयुक्त भेला आयोजना गरी वडा कमिटी गठन गरेको सो पार्टीले आईतवार साविक नेचा बतासेको वडा नं २ मा टोल बेला गरेर घटराज खड्काको अध्यक्षतामा पार्टीको टोल कमिटी गठन गरेको नेकपा माओवादी केन्द्र नेचासल्यानले जनाएको छ।
भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हेमकुमार राई ‘सूरबीर’,माओवादी केन्द्र नेचासल्यान गाउँपालिका इन्चार्ज केशर राई, गाउँपालिका कमिटी अध्यक्ष सीताराम भट्टराई र पार्टी सोलुखुम्बु जिल्ला समन्वय समितिका सदस्यद्वय भुपेन्द्र कटेल र डिल्ली घिमिरे लगायतको उपस्थिति रहेको थियो।भेलाले बालकुमार राउतको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरिएको छ।
अघिल्लो दिन शनिबार नेचासल्यान वडा नं १ र २ मा नेकपा माओवादी केन्द्रले संयुक्त पार्टी कार्यालय सन्चालनमा ल्याएको थियो।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सोलुखुम्बुबाट निर्बाचित संघीय सांसद हेमकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न ती दुबै वडाको संयुक्त भेलामा पार्टी कार्यालयको उद्घाटन गरिएको हो। भेलाले वडा नं १ पार्टी कमिटीको अध्यक्षमा जमिन राई, २ नं वडा कमिटीको अध्यक्षमा डिक बहादुर राई र सचिबमा बालकुमार कार्कीलाई चयन गरेको थियो ।
पुसमा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरेको नेकपा माओवादी केन्द्रले कार्तिक २७ गतेसम्म टोल भेला, मंसिर ४ गतेसम्म वडा सम्मेलन सम्पन्न गर्नुपर्ने कार्यतालिका छ।सोमबार गाउँपार्टी कमिटीका पदाधिकारी बैठक बसी बांकी टोल र वडा सम्मेलनको मिति तय गर्ने सो पार्टीको नेचासल्यान गाउँपार्टी कमिटीले जनाएको छ।
माओवादी केन्द्रका अनुसार शनिबार सम्पन्न वडा नं १ र २ को संयुक्त भेलामा बियस राई र ओपी शर्मा लगायत २१ जना सो पार्टीमा प्रवेश गरेका थिए। केन्द्रीय सदस्य राई र पार्टी जिल्ला समन्वय समितिका सचिब असिम राईले नव प्रबेशीहरुलाई स्वागत गरेका थिए।नव प्रबेशी राई नेपाल प्रहरीको सहिबाट हालैमात्र राजीनामा दिएका थिए।

