सोलुखुम्बु : नेकपा एमालेको ४० वटा वडामा अधिबेशन सम्पन्न,१२ वडामा बांकी

सोलुखुम्बु। आगामी मंसिरमा सम्पन्न हुने नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दशौं महाहिबेशनका क्रममा सोलुखुम्बुको नेचासल्यान बाहेक सबै गाउँपालिकाका अधिकांश वडाको वडा अधिबेशन सम्पन्न भएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शनिबार उद्घाटन गर्नुभएको मुलुकभरका वडाहरुको अधिबेशन सम्पन्न गर्ने क्रममा जिल्लाका आठवटा स्थानीय तहका ५२ वडा मध्ये ४० वडाको अधिबेशन आइतबार सम्पन्न भएको एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।
प्राबिधिक कारणले शनिबार सम्पन्न हुन नसकेका सोलुदुधकुण्ड नगरपालिकाका १ ,५ र ७ नं वडा र माप्यदुधकोशीका केहि वडाको अधिबेशन आईतवार सम्पन्न भएको हो। वडा अधिबेशन सम्पन्न गर्नका लागि नेचा सल्यानका ५ वटै वडा, लिखुपिकेका १ र ३,माप्यदुधकोशीका ३ र ७, सोलुदुधकुन्डको ३ र थुलुङ दुधकोशीको ३ र ५ नं बांकी छन् ।बांकी रहेका वडाको अधिबेशन मंसिर १५ गतेभित्र सम्पन्न गर्नेगरी तयारी गरिएको वहाँको भनाइ छ।५ वटै वडा अधिबेशन गर्न बांकी रहेको नेचासल्यानमा मंसिर ९ गते वडा नं ४, १० गते वडा नं ३,१२ गते वडा नं १ र २ तथा १४ गते ५ नं वडाको वडा अधिबेशन सम्पन्न गर्ने कार्यतालिका रहेको नेकपा एमाले नेचासल्यानले जनाएको छ।
अधिबेशन सम्पन्न भएका मध्ये थुलुङ दुधकोशी गाउँपालिकाका १,७ र ८ र महाकुलुङका सबै वडा कमिटी भर्खरै मात्रै गठन भएका कारण तिनिहरुलाई नयाँ बिधान अनुसार समायोजन गरि वडा अधिबेशनको मान्यता प्रदान गर्ने निर्णय भएको छ।खुम्बु पासाङल्हामु र सोताङ गाउँपालिकाका सबै वडाको अधिबेशन भने शनिबार नै सम्पन्न भएको थियो।

