एकैदिन भएका छुट्टाछुट्टै २ बस दुर्घटनामा ७२ जना घाईते



काठमाडौं।नुवाकोटबाट काठमाडौँ आउँदै गरेको बस किस्पाङमा दुर्घटना भएको छ । सो क्रममा करिब ३० जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रहरी, नुवाकोटले जनाएको छ ।

सोमबार नुवाकोटको काउलेबाट काठमाडौंतर्फ आइरहेको बा४ख ५७६२ नम्बरको बस किस्पाङ गाउँपालिका– ५, माने गाउँमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी घाइते भएकाहरुको उद्धार गरी त्रिशुली अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीको भनाइ छ ।

अनियन्त्रित भएर बस भित्तामा ठोकिएर नालीमा खसेको प्रहरीले जनाएको छ ।

उता,नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । नवलपरासीको त्रिवेणीबाट काठमाण्डौका लागि छुटेको लु १ ख ९४७६ नम्बरको बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१०, अरुणखोला र दुम्किबासबीचको जङ्गलमा आफै अनियन्त्रित भएर बस पल्टिएको प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो । बस दुर्घटनामा घाइते भएका ३७ जनाको मध्यविन्दु जिल्ला अस्पताल र ५ जनाको दुम्किबासमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्