दुर्गा मूर्ति बिसर्जनका लागि गएका दुई युवक फर्किएनन्

काठमाडौं।रुपन्देहीमा दुर्गा मूर्ति बिसर्जन गर्ने क्रममा एक जना युवाको डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार कोटहीमाई गाउँपालिका वडा नम्बर ४ का २१ वर्षीय अनिल चौधरीको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दानव नदी र तिनाउ नदीको संगमस्थल रहेको दुईमोहानमा डुबेर मृत्यु भएको हो।
शव भैरहवा भीम अस्पतलामा ल्याइ पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए।
उता महोत्तरीमा मुर्ति सेलाउन गएका अर्का एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका २ बस्ने १८ वर्षीय सुमितकुमार साह रहेका छन् ।
शनिबार दुर्गा माताको मुर्ति सेलाउन गएका उनी हिजैदिखी बेपत्ता रहेका थिए । हिजो अबेर साँझसम्म घर नफर्केपछि परिवारजनले उनको खोजी गर्दा आइतबार बिहान ११ बजे पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।

