साफ फुटबलको फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह निलम्बित

काठमाडौं । नेपालका मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी साफ च्याम्पियनसिपको फाइनल खेलमा निलम्बित भएका छन्। यसअघिका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएपछि अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको साफले जनाएको छ। तर अलमुताइरीले भने साफले आफूमाथि व्यक्तिगत रिसिइबी साँधेको आरोप लगाएका छन्।

उनले आफूलाई कारबाही गर्नकै लागि साफले नियम परिवर्तन गरिएको दाबी गरेका छन्। साफको यो कारबाही आफूमाथि नभई नेपाली फुटबललाई नै गरिएको कारबाही भएको उनले बताए। साफको नियमावलीमा दुईवटा पहेँलो कार्ड पाएका खेलाडीमाथि मात्र अर्को खेलमा निलम्बन हुने नियम रहेको उनको तर्क छ।

