कोभिड-१९ को उत्पत्तिबारे अनुसन्धान गर्न २६ जना बिज्ञलाई जिम्मेवारी

काठमाडौँ । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड-१९ को उत्पत्ति पत्ता लगाउन कार्यदल गठन गरेको छ । साइन्टिफिक एड्भाइजरी ग्रुप अफ द ओरिजिन्स अफ नोभल पाथोजेन्स (सागो)सँग संयुक्त रुपमा गठन गरिएको नयाँ कार्यदलमा २६ जना विज्ञहरु मनोनीत गरिएको छ

डब्लूएचओले नयाँ कार्यदल कोभिड-१९ को उत्पत्ति पत्ता लगाउने अन्तिम अवसर हुनसक्ने जनाएको छ। साढे एक वर्षअघि पहिलो पटक चीनको वुहान सहरमा भाइरस भेटिएको थियो तर भाइरस सुरुमा कसरी उत्पत्ति भयो भन्ने विषयमा भने अझै अस्पष्ट छ ।

