बाफलबाट जुवा खेलिरहेका १९ जुवाडे पक्राउ



काठमाडौं।काठमाडौंको बाफलस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ। सुराकीका आधारमा कालिमाटी प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक अपिल बहादुर बोहरा नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

७ बुक तास, कौडा ३३ थान र विभिन्न व्यक्ति र निर्माण कम्पनीका नामबाट काटिएका चेकहरु पनि बरामद भएको महानगरीय प्रहरी परिसर टेकुका प्रबक्ता रमेशकुमार बस्नेतले जानकारी दिए।प्रहरीका अनुसार २ लाख ८६ हजार ६५ रुपैयाँ नगद पनि बरामद भएको छ।

प्रतिक्रिया दिनुहोस्