पत्रकारले गरे माइतीघरमा प्रदर्शन

काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्वमा काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । दसैँमासमेत केही सञ्चारसंस्थाले पारिश्रमिक नदिएको भन्दै पत्रकारहरूले प्रदर्शन गरेका हुन् ।

श्रमजिवी पत्रकारका पक्षमा भनी गरिएको प्रदर्शनमा सयौँ पत्रकार सहभागी थिए । प्रदर्शनमा सहभागीहरूले विभिन्न सञ्चारसंस्थाका नाम लेखिएका प्लेकार्ड बोकेका थिए ।

