दुई लाख घुससहित एक इन्जिनियर पक्राउ



काठमाडौं।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिंदालिंदै एक इन्जिनियरलाई पक्राउ गरेको छ।बूढानीलकण्ठ नगरपालिकास्थित खहरे खोला नियन्त्रणमा २० मिटर लामो कल्भर्ट निर्माणमा संलग्न ठेकेदारसँग दुई लाख रुपैयाँ घुस लिँदा लिँदै जलस्रोत तथा सिँचाइ विकास डिभिजन काठमाडौंका
पाँचौँ तहका सब-इञ्जिनियर दीपेन्द्रकुमार केसीलाईबसुन्धरास्थित कार्यालयबाट पक्राउ गरेको अख्तियरले जनाएको छ।

रामेछापको मन्थली नगरपालिका-१ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-३ बालकोटमा बस्दै आएका इन्जिनियर केसीले २०७३ पुस २९ गते त्यस कार्यालयमा कार्यरत उनले घुस मागेका थिए।

उनले घुस मागेको विवरण ठेकेदारले दिएपछि पुगेको अख्तियारको टोलीले केसीलाई रंगेहात समातेको हो। उनलाई केन्द्रीय कार्यालय टंगालस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्