साफ च्याम्पियनसिपका लागि नेपाली टिमको घोषणा

काठमाडौं, असोज १० : आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।

कतारमा बन्द प्रशिक्षमा रहेको २५ सदस्यीय टिमबाट प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि आइतबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्। कतारमा बन्द प्रशिक्षमा रहेका गोलकिपर विकेश कुथु र मिडफिल्डर राजन गुरुङ साफ च्याम्पिनसिपको नेपाली टिममा पर्न सकेनन्।
असोज १५ देखि १३ गतेसम्म माल्दिभ्समा आयोजना हुने साफल च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम २ सातादेखि कतारम बन्द प्रशिक्षणमा छ। नेपालले आजै राति बलियो ओमानसँग मेत्रीपूणए खेल पनि खेल्दै छ। साफ च्याम्पियनसिपको उद्घाटन खेलमै नेपालले आयोजक माल्दिभ्सको सामना गर्ने छ।
५ टिम सहभागी प्रतियोगिता सिंगाल राउन्ड रोबिनका आधामा हुनेछ। लिगका शीर्ष दुई टिम असोज ३० हुने फाइनलमा उपाधिका लागि भिड्ने छन्।
नेपाली टिम : किरण चेम्जोङ (कप्तान) , विशाल श्रेष्ठ, दीप कार्की, अनन्त तामाङ, रोहित चन्द, गौतम श्रेष्ठ, कमल थापा, सुमन अर्याल, दिनेश राजवंसी, सुरज जिउ ठकुरी, नितिन थापा, विशाल राई, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, सुनिल बल, सुमनल लामा, अन्जु विष्ट, नवयुग श्रेठ, मनिष डाँगी, आयुष घलान।

