गुल्मीमा एक्लै परिन् रामकुमारी,पत्याएनन् अरु जनप्रतिनिधिले
काठमाडौं। आगामी निर्बाचनमा केपी ओलीको पार्टी एमालेले भन्दा एक सिट भए पनि बढी ल्याएर जित्ने हांक गर्दै आएकी नेकपा एकीकृत समाजबादीकि नेत्री रामकुमारी झांक्री गृह जिल्ला गुल्मीमा एक्लै परेकी छन् ।

निर्बाचन आयोगले दल रोज्नका लागि दिएको २२ भदौसम्मको समयसीमा भित्र कोहि पनि जनप्रतिनिधि एकीकृत समाजबादीमा नगएपछि झांक्री गुल्मीमा एकीकृत समाजबादीकी एक्ली जनप्रतिनिधि बनेकी छन् ।एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिनसम्म एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले जानकारी दिइन् ।
कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् । यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसहित थप ३३० जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन् । एमालेका प्रभावसाली नेताहरु प्रदिप ज्ञवाली र गोकर्ण विष्ट एमालेमै रहेका छन् ।

