सोलु कांग्रेस वडा अधिबेशन : ३ वडामा निर्बाचन,३ वडामा स्थगित,अन्यत्र सर्बसम्मत नेतृत्व चयन



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुको आज सम्पन्न वडा अधिबेशनले अधिकांश स्थानमा सर्बसम्मत रूपमा पदाधिकारी तथा प्रतिनिधिहरु चयन गरेको छ ।

जिल्लाका ८ वटा स्थानीय तहका ५२ वडामध्ये ३ वटा वडामा मात्रै निर्बाचन भएको नेपाली कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जानकारी दिनुभयो।

निर्बाचन भएकामध्ये नेचासल्यानको वडा नं( ३ र सोलुदुधकुण्ड नगरपालिकाको ११ नं वडामा सबै पदका लागि र थुलुङ दुधकोशी गाउँपालिकाको ९ नं वडामा सभापति पदका लागि मात्र निर्बाचन भएको वहाँले बताउनुभयो।

सभापति बस्नेतका अनुसार सोलुधकुण्डको ७ नं वडामा आन्तरिक बिबादका कारण र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं(२ तथा माप्यदुधकोशी गाउँपालिकाको ६ नं वडाको अधिबेशन भोलि बिहानसम्मका लागि स्थगित भएको छ।

यी मध्ये खुम्बु पासाङल्हामुको एउटा वडामा सभापति सर्बसम्मत निर्बाचित भएपनि प्रतिनिधि चयनमा सहमति हुनसकेको छैन।१५ जना प्रतिनिधिका लागि १९ जना दावेदार भएका कारण ४ जनालाई मिलाउने प्रयास जारी रहेको छ।यसैगरी, महाकुलुङ र सोताङका केहि वडामा सहमतिलाई अन्तिम रुप दिन बांकी रहेको पनि वहाँले जानकारी दिनुभयो।

लिखुपिकेका सबै वडा,सोताङका २,४ र ५ वडा तथा नेचासल्यानको वडा नं(१ मा हिंजै सहमति भएको बस्नेतको भनाइ छ। स्थगित र निर्बाचन भएका बाहेक सबै वडामा सर्बसम्मत भएको छ, सभापति बस्नेतले भन्नुभयो( स्थगित भएका वडाहरुमा पनि सर्बसम्मत नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्नेछौं ।

प्रतिक्रिया दिनुहोस्