सोलुखुम्बु : कांग्रेसको वडा अधिबेशन भदौ २२ मा, औपचारिक निर्णय आज हुंदै



खगिन्द्र राज बास्तोला
सोलुखुम्बु । नेपाली कांग्रेसले जिल्ला का सबै स्थानीय तहका वडाहरुमा भदौ २२ गते वडा अधिबेशन गर्ने भएको छ।

आन्तरिक तयारी नपुगेका कारण २२ गते वडा अधिबेशन गर्ने अनौपचारिक सहमति यसअघि नै भइ सकेपनि कांग्रेस जिल्ला कार्यसमितिको आज बस्ने बैठकले सो बिषयमा औपचारिक निर्णय गर्ने सभापति बिनोद बस्नेतले जानकारी दिनुभयो । सभापति बस्नेतका अनुसार पार्टी आज बस्ने बैठकले अधिबेशनका लागि ५२ जना मतदान अधिकृतआई वडामा खटाउने निर्णय पनि गर्नेछ ।जिल्ला अधिबेशनका लागि भने यसअघि नै केन्द्रीय निर्बाचन समितिले कैलाश गुरुङलाई मतदान अधिकृतका रूपमा पठाई सकेको छ।

१४ औं महाधिवेशनको कार्यतालिका अनुसार आज वडा अधिबेशनहरु सम्पन्न गर्नुपर्ने भएपनि मुलुकका दुई दर्जन भन्दा बढी जिल्लाले अर्को मितिमा महाधिवेशन गर्ने जनाएका छन् । कांग्रेस महाधिवेशनका गठित निर्बाचन समितिले जिल्लामा खटाएका निर्बाचन अधिकृतहरुलाई २३ गतेसम्म वडा अधिबेशन सम्पन्न गरिसक्न निर्देशन दिएका कारण पनि जिल्ला समितिहरुलाई मिति परिवर्तनका लागि सहज भएको हो।

समितिले मुलुकभरका ५६ जिल्लामा निर्बाचन अधिकृत र निर्बाचन सामाग्री पठाई सकेको जनाएको छ। २१ जिल्लाका क्रियाशील सदस्यहरुको सूची भने कांग्रेस केन्द्रले आजसम्म पनि सार्बजनिक गर्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्