कांग्रेस महाधिवेशन प्रक्रिया आजबाट , २१ जिल्लाको क्रियाशिल सदस्य सार्बजनिक हुन अझै बांकि

काठमाडौं।आगामी मंसिर ९ देखि १३ गतेसम्म आयोजना हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।

कांग्रेस महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते वडा अधिबेशन, भदौ २७ गते गाउँ नगर अधिबेशन,असोज १ गते प्रदेश क्षेत्र,संघीय निर्बाचन क्षेत्र असोज ५ गते,जिल्ला असोज १० ,प्रदेश कार्तिक १० देखि १२ गतेसम्म सम्पन्न गरि सक्नु पर्नेछ।कार्यतालिका अनुसार आज मुलुकभरका सबै वडामा अधिबेशन सम्पन्न गरिसक्नुपर्ने भएपनि दुई दर्जन बढी जिल्लामा अझै अत्तोपत्तो छैन ।५६ जिल्लाको क्रियाशील सदस्यता सार्बजनिक भएपनि २१ जिल्लाको अझै हुन सकेको छैन ।
सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ ।
यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।
अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

