नेकपा एकीकृत समाजबादीलाई बाग्मती प्रदेशका १२ सांसदको साथ

काठमाडौं, १५ भदौ । बाग्मती प्रदेशका सामाजिक बिकास मन्त्री कृष्ण प्रसाद खनालसहित १२ जना सांसदले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोजेका छन ।

मन्त्री खनालसहित सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, वसन्त मानन्धर, रमा आलेमगर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्रमाया गुरुङ, मनु सिग्देल, माधव पौडेलले नेकपा (एकीकृत समाजवादी) रोजेका हुन । उनीहरुको सनाखत पनि भएको छ ।
निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल रोज्नको लागि स्थानीय जनप्रतिनिधि र प्रदेश सांसदहरुलाई समय दिएको थियो ।

