कांग्रेस १४ औं महाधिवेशन : निर्बाचन समितिले पठायो ५३ जिल्लामा निर्बाचन सामाग्री

काठमाडौं।नेपाली कांग्रेस १४औँ महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ मा तल्लो तह (वडा तह)को अधिवेशन सम्पन्न गर्नका लागि ५३ जिल्लामा निर्बाचन सामाग्री पठाएको केन्द्रीय निर्बाचन समितिले जनाएको छ।

कार्यतालिकाअनुसार वडा अधिवेशन सम्पन्न गर्नका लागि तीन दिन मात्र समय बाँकी रहदा सोमबार साँझसम्ममा ५३ जिल्लामा निर्वाचन सामग्री पठाइएको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता महादेव यादवले जानकारी दिए।
त्यस्तै, ५३ वटै जिल्लामा निर्वाचन अधिकृतहरूलाई केन्द्रबाट खटाइसकिएको छ। उनले बाँकी जिल्लाको सम्बन्धमा पनि क्रियाशील सदस्यताको विवरण आउने क्रममा रहेको र निर्वाचनको तयारी भइरहेको नयाँ पत्रिकालाई जानकारी दिए। उनले निर्वाचन अधिकृतहरू कोही पुगिसकेको र कोही पुग्ने क्रममा रहेको जानकारी दिए।

