अध्ययनका लागि अन्य मुलुकबाट अष्ट्रेलिया आएका नर्सहरु समस्यामा



अन्जन अधिकारी

अष्ट्रेलिया ।उच्चशिक्षा अध्ययनका लागि अन्य मुलुकबाट अष्ट्रेलिया आएका हजारौं नर्सहरु कोभिड १९ का कारण प्रभावित भएका छन् ।

नेपालमा बिएस्सी र बिएन सकेर मास्टर्स गर्न आएका हजारौं नर्सहरु यतिबेला यहांको नर्सिङ काउन्सिल ९आप्रा०ले गरेको परीक्षाको परिवर्तनका कारण समस्यामा परेका हुन् ।

२०२० मार्चभन्दा अघिसम्म नेपालमा विएससी पढेकाहरुलाई ३ महिनाको ब्रिजिङ कोर्ष गराएर र बिएन अध्ययन गरेकाहरुलाई मास्टर्स सकेपछि ब्रिजिङ गराएर नर्सिङ काउन्सिलले लाइसेन्स दिने गरेको थियो । अन्तर्राष्ट्रिय नर्सहरुका लागि २०२० मार्चपछि परीक्षाको मोडल परिवर्तन गरेर अमेरिका, क्यानडा र बेलायतको जस्तै, लिखितमा एन्क्लेक्स र सो पास भएपछि प्रयोगात्मक परीक्षा ९अस्की० को अभ्यास शुरु गरेको थियो ।

अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा कार्यरत रहेका हजारौं नर्सहरु आप्राले समयमै परीक्षा नलिइदिंदा लाइसेन्सको अभावमा अलपत्र पर्न थालेका छन् । यहां अध्ययन सकेर रहेका कतिपय नर्सहरु क्यानडा र अमेरिका समेत स्थानान्तरण हुन थालेका छन् । अध्ययन सकेर बसेका हजारौं नर्सहरुले यतिबेला अष्ट्रेलियन सरकार र यहांका सम्बन्धित पदाधिकारीसम्म आफ्ना समस्या पुर्‍याइदिन सञ्चारकर्मी, कुटनीतिक नियोग, शैक्षिक परामर्शदाताहरु समक्ष आग्रह गरेका छन् । उनीहरुले पेटिसन ९डिजिटल हस्ताक्षर० संकलन गरेर सम्बन्धित निकायसम्म पुर्‍याउन थालेका छन् । झण्डै २५ सय जना अन्तर्राष्ट्रिय नर्सहरुले हस्ताक्षर गरेर सरकारलाई उपलव्ध गराउने तयारी गरेका छन् ।

अष्ट्रेलियामा पेटिसन ९डिजिटल हस्ताक्षर० लाई आधिकारिक डकुमेन्ट मानिन्छ । यतिबेला सिंगो अष्ट्रेलिया कोरोनासंग जुधिरहेको छ । धेरैजसो ठाउंमा लकडाउन र कतिपय ठाउंमा कर्फ्यु समेत जारी भएको छ । यतिबेला अष्ट्रेलियनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सहरुको अभाव भएको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्