नेकपा (एकीकृत समाजवादी) सोलुखुम्बुका समर्थकहरुको अनौपचारिक भेटघाट राजधानीमा सम्पन्न



काठमाडौं । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी सोलुखुम्बुको अनौपचारिक छलफल सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी सोलुखुम्बुका प्रभावशाली युवा नेता नेन्जिङ शेर्पाको पहलमा सम्पन्न सो छलफलमा नेकपा एमाले माधव समूहका अध्यक्ष दोर्जी जाङ्बु लामा, प्रदेश कमिटि सदस्य दोर्जी सुशील शेर्पा, सन्तोष थापालगायत ४२ जनाको उपस्थिति रहेको बताइएको छ ।

छलफलमा जिल्ला सदरमुकामा पार्टी कार्यालय स्थापना गर्दै सबै गाउँपालिकाहरुमा संगठन निर्माण गर्ने कार्यलाई अगाडि बढाउने निर्णय भएको युवा नेता शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्