एमाले केन्द्रीय कमिटी बैठक : बाटो बिराएकाहरुलाई पार्टीमा फर्कन अध्यक्ष ओलीको आव्हान

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पदीय स्वार्थ र अहंकारका कारण पार्टी विभाजनको तहसम्म पुगेको बताएका छन्।
माधव कुमार नेपाल समूहले पार्टी बिभाजित गरेपछि ललितपुरस्थित तुल्सीलाल अमात्य स्मृति भवनमा पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन्।

एकीकृत (समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालको कदमतर्फ संकेत गर्दै ओलीले भने, ‘सामान्य अवस्थामा पार्टी अगाडि बढिरहेको बेला केहीको स्वार्थ र अंहकारवश नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभयो। उहाँहरू आन्दोलन र पार्टीलाई कमजोर बनाउन लागिराख्नुभएको छ।
एमालेको कार्यदिशा र बाटो सही भएको भन्दै ओलीले अन्तिम कित्ताकाटको अवस्थामा पुगेकाहरूलाई फर्किन आव्हान पनि गरे।जारी बैठकले देशैभरका पालिकाको अधिवेशन कात्तिक ९ गते गर्ने निर्णय गरेको छ ।
पार्टीमा तटस्थ रहेर बैठकमा सहभागी नहुने गरेका स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यसहित बिहीवार केन्द्रीय कमिटी बैठक बसेको हो ।

