एमालेको दशौं महाधिवेशन मंसिरमा



काठमाडौं । नेकपा एमालेले दशौं राष्ट्रय महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ । मंगलबार बसेको स्थायी समितीको बैठकले मंसिर १०, ११ र १२ गते महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकमा लामो समय माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएका थिए । त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्