प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त




काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन्। प्रधानमन्त्री देउवाले उनलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भानु देउवा यसअघि पनि देउवाको प्रमुख स्वकीय सचिव रहिसकेका छन्। देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन्।

प्रतिक्रिया दिनुहोस्