फुट्यो एमाले,माधव नेपाल समूहले दियो निर्बाचन आयोगमा एमाले समाजबादी दर्ताका लागि निवेदन



काठमाडौं । नेकपा एमाले औपचारिकरुपमा विभाजित भएको छ । सो पार्टीमा रहेका नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेता नेपालको नेतृत्वमा आयोग पुगेको टोलीले नयाँ दल दर्ताको लागि निवेदन दिएको हो ।

तत्कालीन नेकपा एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य र ३१ जना सांसदसहित आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन दिइएको हो ।

एमाले (समाजवादी)को अध्यक्षमा माधवकुमार नेपाल रहेका छन् भने वरिष्ठ नेता झलनाथ खनाल रहेका छन् ।

बाँकी सबै केन्द्रीय सदस्य रहेको नेता राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार ९५ जनाको केन्द्रीय कमिटी पार्टीमा रहनेछ ।

“एमालेका ५८ जना केन्द्रीय कमिटी सदस्य उपस्थित भएर नयाँ दल दर्ता गर्ने निर्णय गर्‍यौँ,” पाण्डेले भने, “एमालेभित्र ओलीले गरेको व्यवहार, संसदलाई पटक पटक भंग गर्ने काम गरे । संसद् र संविधानको रक्षाका लागि पटक पटक आवाज उठायौँ । कतैबाट पन सम्भव नभएपछि नयाँ दल एमाले समाजवादी दर्ता गरेका छौँ । चाँडै नै राष्ट्रिय सम्मेलन पनि गर्नेछौँ ।” (१२ खरीबाट साभार)

प्रतिक्रिया दिनुहोस्