८६ मेघावाट जलविद्युत आयोजनाको १ करोड बढी कित्ता आईपीओ स्वीकृत, सोलुखुम्बुबासीलाई ३५ लाख कित्ता



सोलुखुम्बु । जिल्लामा निर्माणाधीन सोलुखोला–दुधकोशी जलविद्युत आयोजनाले छिटै सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । ८६ मेघावाट क्षमताको सो जलविद्युत आयोजनालाई १ करोड ५ लाख कित्ता साधारण शेयर जारी गर्न विहीबार नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको साहस उर्जा लिमिटेडका अध्यक्ष हिम पाठकले जानकारी दिए ।

पाठकका अनुसार साधारण शेयरमध्ये ३५ करोड बराबरको ३५ लाख कित्ता शेयर स्थानीयका लागि छुट्याइएको छ भने ७० करोड बराबरको ७० लाख कित्ता सर्वसाधारणले भर्न पाउने छन् । स्थानीय शेयर भने सोलुखुम्बु जिल्ला बासीहरुले मात्रै भर्न पाउने उनले बताए ।
निजी क्षेत्रद्वारा सञ्चालित आयोजनामध्ये देशकै ठूलो मानिएको सो जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको अध्यक्ष पाठकको भनाई छ । झण्डै १५ दिनभित्र स्थानीयले शेयर भर्न पाउँछन्, पाठकले भने– “कहिले निस्काशन गर्ने भन्ने विषयमा हामी छलफलमा छौं ।”

प्रतिक्रिया दिनुहोस्