बासुदेव दनुवारका तीन मुक्तक



मुक्तक- १

कसैको लागी खुशी एकछिन आयो
धर्तिमा यस्तो महामारी किन आयो
बाहिर हिंड्नै नसक्ने समय भएछन्
सोच्दै नसोचेको कस्तो दिन आयो

मुक्तक-२

सरकार कुर्सी हैन सुरक्षा नयाँ गर्नुपर्छ
यो महामारीमा जनतालाई दया गर्नुपर्छ
स्वार्थको खेल कसैले नखेल्नुस महोदय
यति बेला मन फराकिलो कृपया गर्नुपर्छ

मुक्तक- ३

समय यस्तो आएछ यता उता नघुम्नु बजार
झनझन महामारीको चाप बढ्दैछ बारम्बार
सकेसम्म बेलैमा सावधानी अपनाउनु होला
संसारभरी मृत्युको संख्या बढ्दैछ हाहाकार

प्रतिक्रिया दिनुहोस्