बादलसहित आठ नेता थपिए एमाले स्थायी कमिटीमा



काठमाडौं / नेकपा एमालेले आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दशौं महाधिवेशन आयोजक कमिटी विघटन गरेको छ। आजदेखि नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी पनि भंग भएको छ ।

आयोजक कमिटीको बैठकले यसलाई केन्द्रीय कमिटिमा रूपान्तरण गर्ने निर्णय गरेको गर्यो । आजको बैठकले नेकपा माओवादी केन्द्रबाट नेकपा एमाले प्रवेश गरेका चार जना माओवादी नेतालाई पार्टीको स्थायी कमिटीमा स्थान दिइएको छ ।

नेता रामबहादुर थापा बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई एमालेको स्थायी कमिटीमा थप गरिएको हो । साबिकको नेकपामा रहेका स्थायी समिति सदस्यहरुलाई एमालेमा सोही हैसियतमा स्थान दिइएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आयोजक कमिटीको निर्णयसँगै केन्द्रीय कमिटीको बैठक असार १८ गतेका लागि बोलाइएको छ।

त्यस्तै, एमालेबाट पनि रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघु पन्तलाई पनि पार्टीको स्थायी कमिटीमा थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्