बागमती प्रदेशसभा बैठक असार १७ गते बस्ने



बागमती प्रदेश सभाको आगामी बैठक असार १७ गते दिउँसो ३ बजे बस्ने भएको छ ।

बैठकमा प्रदेश सरकारद्वारा असार १ गते प्रस्तुत आगामी आर्थिक वर्ष २०७८/०७९ को विनियोजित बजेट, राजस्व र आयव्ययमाथि छलफल हुने बताइएको छ ।

प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको बैठक असार १७ गते दिउँसो ३ बजे तय भएको जानकारी दिए । उनले बुधवार बिहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्ने बताए ।

प्रदेश सभाको असार २ गते बसेको बैठकमा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजस्व संकलन, आय–व्ययको प्रस्ताव छलफलको लागि टेबुल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्