प्रदेश १ सरकारलाई ६२ लाख बराबरको स्वास्थ्य सामाग्री



काठमाडौ।प्रदेश-१ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआइडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामग्री सामाजिक विकासमन्त्री उषाकला राईलाई हस्तान्तरण गरिएको हो ।

युएनडिपीका तर्फबाट ६० वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । ६० मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा रहेका प्रदेश स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिए ।

यस्तै गरी युएसएआडीको सुआहारा परियोजनाबाट पिपिइ सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले जनाए ।

स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विकासमन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवश्यक रहेको बताइन् । सवै पक्षको सहयोगमा कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईले बताउनुभयो । सहयोगी संस्थाहरूलाई आगामी दिनमा पनि सहयोगका लागि उनले आग्रह गरेकी छिन् ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्