बीरगन्ज : असार १ गतेदेखि बिद्यालय सन्चालन गरिने



काठमाडौं।बीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि विद्यालय सन्चालन गर्ने भएको छ।तत्काललाई कक्षा ८ भन्दा माथिका कक्षा सञ्चालन गर्ने निर्णय भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौलाले जानकारी दिनुभयो ।

विद्यार्थीहरुको शैक्षिक भविष्य अन्यौलमा परेकोले क्रमिक रुपमा विद्यालय खोल्ने रणनीति अनुसार असार १ गतेदेखि माथिल्लो तहको कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँको भनाइ छ । विद्यालयमा भौतिक उपस्थिति गराइ पठनपाठन गर्न विद्यार्थीका भिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्य सुरक्षाका मापदण्डहरु अनिवार्य पालना गर्नुपर्ने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले विज्ञप्ती निकालेर जानकारी दिनुभएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरुमा असार १ देखि ७ गतेसम्म विद्यार्थी भर्नालगायत व्यवस्थापकीय काम हुने भएको छ । यही असार ८ देखि १५ गतेसम्म भर्ना सप्ताह अन्तर्गत घरदैलो कार्यक्रम सञ्चालन गर्ने महानगरपालिकाको निर्णय रहेको छ । असार १५ गतेपछि भने नियमित रुपमा सबै विद्यालय खोल्ने तयारी भएको महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्