मदिरा सेवन गरेर होहल्ला गर्ने डाक्टरसहित १५ जना पक्राउ



काठमाडौं।प्रहरीले काठमाडौँको कुलेश्वरस्थित स्टार फुडल्याण्डमा छापामारी मेडिकल डाक्टरसहित १५ जनालाई पक्राउ गरेको छ ।

निषेधाज्ञाको समयमा फुडल्याण्डभित्रबाट लुकिछिपी व्यापार गर्नुका साथै मदिरा सेवन गरेर होहल्ला गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहका अनुसार मदिरा सेवन गरी होहल्ला गरेको आरोपमा उक्त फुडल्याण्डका सञ्चालकसहित १५ जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मेडिकल डाक्टर पनि रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्