संविधानसम्मत रुपमा बजेट ल्याईएको भन्दै अर्थमन्त्रीले भने,-‘कार्यान्वयन गरेर देखाउंछौं’



काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संविधानसम्मत रुपमा नै बजेट ल्याएको दाबी गरेका छन् । शनिबार अध्यादेशमार्फत् सार्वजनिक गरिएको बजेटबारे जानकारी दिन आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दाबी गरेका हुन् । उनले कामचलाउ सरकारले बजेट ल्याउन मिल्दैन र ल्याए पनि पूर्ण बजेट ल्याउनु हुँदैन भन्दै कार्यान्वयनमा शंका व्यक्त भएको बताए ।

यसलाई कार्यान्वयन गरेर देखाउने उनले बताए । ‘धेरैले यो बजेटको कार्यान्वयनमा आशंका व्यक्त गर्नुभएको छ । म भन्न चाहन्छु कि यो बजेट सुनाउनका लागि मात्र होइन, कार्यान्वयनका लागि हो । कार्यान्वयन गरेर देखाउँछौं’ मन्त्री पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस्