आन्तरिक उडान अनिश्चितकालका लागि बन्द



काठमाडौं, ३० वैशाख । आन्तरिक उडान अनिश्चितकालसम्म स्थगित भएको छ। वैशाख २० गते रातिदेखि बन्द भएको आन्तरिक उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले वैशाख अन्तिमसम्म उडान बन्द गरेकोमा कोरोना माहामारी बढ्दै गएपछि अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको हो।

प्राधिकरणले नियमित उडान बन्द भए पनि कार्गो, रेस्क्यु र विशेष उडान भने अनुमति लिई हुने जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्