तेस्रो त्रैमासमा एलजीआईएलले कमायो १२ करोड ४ लाख रुपैयाँ खुद नाफा



काठमाडौं, लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १३ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधीको तुलनामा इन्स्योरेन्सको नाफा ११.३९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले १२ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । इन्स्योरेन्सले हालै सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण यस्तो देखाएको हो ।

यस अवधिमा कम्पनीको खुद बीमाशुल्क पनि २२.१३ प्रतिशतले बढेर ५२ करोढ ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड १६ लाख रुपैयाँले खुद बीमाशुल्क आर्जन गरेको थियो ।

चुक्ता पूँजी एक अर्ब १४ करोड १८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३० करोड ३१ लाख रुपैयाँ, बीमा कोषमा ७१ करोड ६५ लाख रुपैयाँ र महाविपत्ती जगेडा कोषमा ६ करोड ६७ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ८ पैसा, प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ १४ पैसा र मूल्य आम्दानी अनुपात ५१.७५ गुणा छ ।

कम्पनीले ४ हजार ९७० वटा दाबी बापत ७७ करोड २४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने २ हजार ७५० वटा दाबी बापत ८७ करोड ५९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्