कोरोना संक्रमित नगरबासीको नि:शुल्क उपचार गर्ने भिमेश्वर नगरपालिकाको निर्णय

दोलखा । दोलखाको भिमेश्वर नगरपालिकाले कोरोनाबाट संक्रमित नगरभित्रका नागरिकलाई निशुल्क उपचार गर्दै पोषण र एम्बुलेन्स खर्च गरी दश हजार रुपैयाँ दिने निर्णय गरेको छ । कोरोनाबाट आक्रान्त भएका नागरिकको पीडामा मलम बलागाउने बुधबार नगरपालिकाले सो निणर्य गरेको हो ।

नगरपालिका भित्रका नागरिक कोरोनाबाट संक्रमित भएको खण्डमा दुईहजार पोषण खर्च र बिरामीलाई अन्य स्थानमा लैजानु परे ८ आठ हजार एम्बुलेन्स खर्च दिने निर्णय गरेको भिमेश्वर नगरपालिका नगरप्रमुख भरतबहादुर केसी जानकारी दिए ।
केसीले भने कोरोनाबाट नागरिकको मृत्यु भएमा मृतकको परिवारलाई सामाजिक कार्य गर्नको निमित १५ हजार रुपैया नगरपालिकाले दिने निणर्य समेत गरेकाछौ । भिमेश्वर नगरपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा संचालित चरिकोट अस्पतालमा कोरोना संक्रमितको उपचारको लागी ४० बेडको आईसोलेसन कक्ष निमार्ण गरेको केसीले बताएकाछन ।
हालसम्म कोभिड १९ को दोस्रो लहरको भिरेनबाट भीमेश्वर नगरपालिका ९५ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ९ जान अस्पातलमा र ८६ जना होम आईसोलेसन रहेको स्वास्थ्य कार्यालयले तथ्याङक सार्वाजानिक गरेको छ ।

