सीमा विवाद: बार्ताबाट नभए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्ने पूर्बराजाको भनाइ



काठमाडौं, ६ जेठ ।पूर्बराजा ज्ञानेन्द्र बीर बिक्रम शाहले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर नयाँ नक्सा सार्बजनिक गर्ने नेपाल सरकारको निर्णयप्रती खुसी ब्यक्त गर्नु भएको छ।

आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्शा बिश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको भन्दै सामाजिक सन्जाल ट्विटर मार्फत पूर्बराजा शाहले खुसी व्यक्त गर्नु भएको हो ।वहाँले नक्शामा समाबेश भूभागमा आफ्नो आधिपत्य स्तापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय बार्ताबाट नै हल गर्नु पर्ने उल्लेख गर्दै यसमा कसैद्वारा बाधा आए अन्तराष्ट्रिय स्तरमै जानुपर्ने धारना व्यक्त गर्नु भएको छ।


पूर्बराजाले ट्वीटर ह्यण्डलमा भन्नु भएको छ आफ्नो मातृभूमिको सम्पूर्ण भू-भाग सहितको नक्सा बिश्वसामु प्रस्तुत गर्नु सर्हानीय कार्य हो। नक्शामा समाबेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय बार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्छ ।’

मन्त्रीपरिषद बैठकले सोमबार भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर मुलुकको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्बजनिक गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्