दुर्गम जिल्लामा पनि स्थिति भयावह, ९३ जनाको कोरोणा दार्चुलामा परीक्षण गर्दा ५८ जना संक्रमित

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा एकै दिन ५८ जना कोरोना संक्रमित थपिएका छन् । अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार मंगलबार ९३ जनाको कोरोना परीक्षण गर्दा ५८ जनामा कोरोना संक्रमण देखिएको हो ।

यससँगै अपी हिमाल गाउँपालिकामा कोरोना संक्रमितको संख्या ७५ पुगेको अपी हमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए ।
दार्चुलाको अपी हिमाल गाउँपालिका, महाकाली नगरपालिका, व्यास गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा संक्रमित थपिएका हुन् । यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २७० पुगेको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए ।

