जेठ ४ गतेसम्म तरकारी र खाद्यान्न पसलसमेत बन्द गर्ने इटहरी उपमहानगरपालिकाको निर्णय

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकाले जेठ ४ गतेसम्म अस्पताल र औषधि पसलबाहेकका सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको छ ।

इटहरी उपमहानगरपालिकाले मंगलबार एक पे्रस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण तीव्र रुपमा बढेकाले बुधबारदेखि जेठ ४ गतेसम्म अस्पताल र औषधिपसलबाहेक सम्पूर्ण पसल बन्द गर्ने जनाएको छ । मंगलबार बसेको बैठकले फलफूल र दूधडेरी पसल बिहान १० बजेसम्म खोल्न दिने निर्णय गरेको नगर प्रमुख द्वारिकलाल चौधरीले बताए ।

