काठमाडौं उपत्यकामा १५ दिन थपियो निषेधाज्ञा, जेठ १२ गतेसम्म जारी रहने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि १५ दिन बढाइने भएको छ ।

काठमाडौं जिल्ला कोभिड संकट व्यवस्थापन समितिको आज बसेको बैठकले कोरोना संक्रमण झन तीव्र गतिमा बढिरहेको ठहर गर्दै निषेधाज्ञाको अवधिलाई जेठ १२ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना महामारी ब्यापक भएपछि सरकारले पहिलो चरणमा यही बैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेकोमा उक्त अवधि बढाएर बैशाख २९ सम्म पुर्‍याइसकिएको छ । अब निषेधाज्ञा जेठ १२ गतेसम्म जारी रहने छ ।

प्रतिक्रिया दिनुहोस्