सांसदहरुको बिद्रोहले सकटमा खनाल-नेपाल

काठमाडौं । सत्तारुढ नेकपाभित्र अध्यक्ष तथा प्रधानमन्त्री कपी शर्मा ओलीलाई अप्ठेरोमा पार्न सांसद पदबाट राजीनामा दिने घोषणा गर्दै आएको माधव नेपाल र झलनाथ खनाल समूह सांसदहरुले विद्रोह गर्न सुरु गरेपछि संकटमा फस्न पुगेको छ।

मुलुक दलीय व्यवस्थामा चलेको छ । तर, योभन्दै जनताको हित र अहितको मुल्यांकन नगरी कुनै पनि दलले जनप्रतिनिधिहरुलाई राजीनामा गराउनु अनुचित हुने राजनीतिक विश्लेषकहरुले सार्वजनिक रुपमै भन्न थालेका छन् ।
यही बेला शनिबार नेपाल–खनाल समूहको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुभन्दा बरु सांसद पदबाटै राजीनामा दिने निर्णय गरेको थियो । तर, २४ घण्टा बित्न नपाउँदै सो निर्णय विवादमा परेको छ ।
नेपाल समूहका नेता तथा सांसद सुरेन्द्र पाण्डेले सांसदहरुले सामूहिक राजीनामा दिने विषयमा निर्णय नभएको बताएका छन् । यता गंगा चौधरी, हिराचन्द्र केसी ,समिना हुसैनलगायतका सांसदहरुले पनि राजीनामा नदिने बताइसकेका छन् । राजीनामा नदिने सांसदहरुको संख्या बढ्दै जाँदा नेपाल समूहलाई धक्का लाग्ने भएको छ ।
आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार गिराउन लागेका नेपाल–खनाल समूहको निर्णय आफ्नै सांसदहरु नमान्ने भएछि धक्का लागेको हो ।
प्रधानमन्त्री ओली सोमबार संसदबाट विश्वासको मत लिँदैछन् । तर, उनकै पार्टीका नेपाल–खनाल समूहले भने विश्वासको मत नदिनका लागि सांसद पदबाटै राजीनामा दिने निर्णय गरेको हो । तर, यस निर्णयलाई सांसदहरुले अवज्ञा गर्ने उद्घोष गरिसकेका छन् ।

