बिश्वासको मत : ओलीलाइ असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कांग्रेसको निर्णय



काठमाडौं।प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालका अनुसार सरकार सम्पूर्ण रूपमा असफल भइसकेकाले विश्वासको मत नदिने संसदीय दलले निर्णय गरेको हो । ‘ओली सरकार संवैधानिक, राजनीतिक, नैतिक सम्पूर्ण हिसाबले असफल भएको हुनाले सरकारलाई विश्वासको मत नदिने निर्णय भयो,’ उनले भनिन्, ‘संसद्मा रहेका अरु दलहरूलाई पनि विश्वासको मतको विपक्षमा खडा हुनका लागि कांग्रेस संसदीय दलले आग्रह गरेको छ ।’

ओली सरकारलाई विश्वासको प्रस्तावमा असफल पारेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय पनि कांग्रेस संसदीय दलले गरेको भुसालले बताइन् ।

प्रतिक्रिया दिनुहोस्