खनाल-नेपाल समूहको सोलुखुम्बुमा १७८ सदस्यीय जिल्ला कमिटी (नामावली सहित)

सोलुखुम्बु । नेकपा एमालेका नाममा समानान्तर गतिविधि गर्दै आएको माधव नेपाल- झलनाथ खनाल समूहले सोलुखुम्बु जिल्ला कमिटी गठन गरेको घोषणा गरेको छ।

प्रदेश कमिटी सदस्य आङङिमा लामाको उपस्तिथिमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि सो समूहले १७८ सदस्यीय जिल्ला कमिटी गठन गरेको घोषणा गरेको हो। घोषित कमिटीमा नेकपा एमालेको जिल्ला कमिटी र गाउँपालिका कमिटीमा सक्रिय नेता कार्यकर्ताहरुको नाम समाबेश छ। नाम समाबेश भएका कतिपयले आफुहरु नेकपा एमालेको मूलप्रवाहमा रहेको बताउंदै सामाजिक सन्जालमार्फत नेपाल-खनाल समूहले भ्रम फैलाउन खोजेको भन्दै आपत्ति प्रकट गरेका छन् ।
सो समूहले यसअघि दोर्जी जाङ्बु शेर्पा अध्यक्ष र डिल्ली राई सचिब रहने गरि समानान्तर कमिटी गठन गरेको थियो।सोही कमिटीलाई बिस्तार गरि जिल्ला कमिटीमा १७८ जना पुर्याईएको उनीहरूको दावी छ।
को- को छन् समितिमा?








