ओखलढुंगामा तरकारीजन्य बस्तुमात्रै किनबेच गर्न पाइने



ओखलढुंगा । ओखलढुंगामा कोरोना संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि स्थानीय हाट बजारमा तरकारीजन्य वस्तु मात्रै राखेर किनबेच गर्न पाइने भएको छ।

जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन केन्द्रको बैठकले भिडभाड बढ्ने भएकाले हटियामा तरकारीजन्य वस्तु मात्र राखेर कारोबार गर्न, स्थायी रुपमा बसेर ब्यवसाय गर्ने फलफूल तथा तरकारी व्यवसायीलाई सोहीअनुसार व्यवस्थापन गर्ने निर्णय गरेको हो।

जिल्ला सदरमुकामसहित अन्य सबै स्थानीय हाट बजारका लागि यही निर्णय लागू हुने जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशमा उल्लेख छ। यस अघि हटियामा सुरक्षा मापदण्ड पालन नहुने र भिडभाड बढेको गुनासो रहेको थियो।

प्रतिक्रिया दिनुहोस्